नवलपरासी– पानीको बहाव बढ्दै जाँदा नवलपरासीस्थित नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको छ ।


ADVERTISEMENT


नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भएमा खतराको संकेत मानिन्छ । पछिल्लो समय करिब ६ दशमलव १५ मिटर पानी नारायणी नदीमा रहेको नवलपरासीका प्रजिअ उदयबहादुर राना मगरले जानकारी दिए।


ADVERTISEMENT

# # #


बाढी आउनेक्रम बढ्दो भयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ । नदीमा पानीको बहाव ८ दशमलव ४ मि पुगेमा उच्च जोखिम मानिन्छ । पहाडी क्षेत्रमा लगातार वर्षा हुँदा नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको हो ।

जिल्लामा हुन सक्ने अप्रिय घटनालाई ध्यानमा राखी राहत र उद्धारलाई तयारी अवस्थामा राखिएको प्रजिअ रानाले जानकारी दिए ।