काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले ललितपुर जिल्ला अदालत परिसरमा आफ्नो विस्तारित काउन्टर संचालनमा ल्याएको छ । बैँकले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको रुपमा उक्त काउन्टर मंगलबारदेखि सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


उक्त सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे । मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका माननीय न्यायाधीश एवं पदाधिकारी लगायत बैंकका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


ADVERTISEMENT

# # #


उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बताए । उनले यस बैंकको बैंकिङ्ग सेवा देशका हरेक कुना कन्दरामा पु¥याउने बैंकको अथक यात्रा जारी रहेको जानकारी गराए ।

बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०९ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।