एजेन्सी । कोरोना भाइरस विरुद्धको भ्याक्सिन भारतमा बनेको छ । पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्यासिन विकास गरेका हुन् ।


ADVERTISEMENT


यसको पूर्ण विकासका लागि सेरम र कोडाजेनिक्सको संयुक्त प्रोजेक्टमा तीन अर्ब भारतीय रुपैयाँ बजेट छुट्याइसकिएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


टाइम्स अफ इन्डियाका अनुसार भ्याक्सिनको मानवमाथि परीक्षण छ महिनापछि हुने बताइएको छ । त्यसअघि मुसामा यसको परीक्षण हुनेछ ।

सेरमका प्रमुख कार्यकारी निर्देशक अडर पुनवालाले भ्याक्सिन परीक्षणका लागि आफूहरु निकै अगाडि बढिसकेको खुलासा गरेका छन् ।

सामान्यता कुनैपनि भ्याक्सिन पूरा विकास गर्न सात देखि आठ वर्ष लाग्ने गरेकोमा छ महिनाभित्र कोरोना भाइरसविरुद्धको भ्यासिन तयार हुने बताएका छन् ।

तयार गरिएको भ्याक्सिन यसै महिनाभित्र मुसामा परीक्षण गरिनेछ । मानवमाथि छ महिनापछि परीक्षण गरी यसलाई अनुमोदन गरिने उल्लेख छ । सन् २०२२ मा भ्यासिनको व्यवसायिक उत्पादन र वितरण हुनेछ ।

छ महिनाभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानवमा परीक्षण गरेपछि यो अहिलेसम्म भारतमा बनेका भ्यासिनमध्ये सबैभन्दा छिटो हुनेछ ।

सेरमका वैज्ञानिकहरु भ्याक्सिन तयार गरेर निकै उत्साही भएको जनाइएको छ ।

पुनेस्थित सेरम इन्टिच्युट भारतको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादन कम्पनि हो । यसले यूरोपमा समेत आफ्नो उत्पादन गर्छ ।