एजेन्सी – इङ्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई १- ० गोल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा आर्सनललाई जित दिलाउन एलेक्जेन्डर लाकाजेटले निर्णायक गोल गरे । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए । जितसँगै आर्सनलले २८ खेलबाट ४० अंक जोडेको छ । आर्सनल लिगको नवौं स्थानमा रहेको छ ।


ADVERTISEMENT

# # #


वेष्ट ह्याम २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ । अर्को खेलमा क्रिस्टल प्यालेसले वाट्फोर्डलाई १- ० ले पराजित गर्दा न्युकासलले साउथह्याम्पटनलाई पनि १- ० ले नै हराएको छ । यस्तै सेफिल्ड युनाइटेडले नर्विच सिटीलाई १- ० ले पराजित गर्दा वुल्भ्स र ब्राइटनले गोलरहित बराबरी खेलेका छन् ।