काठमाडौँ — साउदी अरबले विशेष सेवाबाहेक सबै काम अनिश्चित समयको लागि बन्द गर्ने निर्णय गरेको छ । दुई हप्ता अगाडिदेखि स्थगन गरेका विभिन्न सेवाहरू पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन मै राख्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


राजधानी रियादस्थित नेपाली दूतावासका अनुसार साउदीमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनहुँ बढ्दै गएपछि साउदीले नियन्त्रणको लागि आत्यावश्यक बाहेकका सेवा अनिश्चित समयको लागि बन्द गरेको हो।


ADVERTISEMENT

# # #


साउदीमा आइतबारसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १ हजार २९९ पुगेको छ। आइतबार मात्रै थप ९६ जनामा संक्रमण देखिएको हो। राजधानी रियादमा मात्र आइतबार २७ जनामा संक्रमण देखिएको छ। साउदीमा हालसम्म ६६ जना निको भएका छन्। ८ जनाको संक्रमणबाट मृत्यु भएको छ।

साउदीमा रहेका नेपाली भने सुरक्षित रहेको दूतावासले जनाएको छ।