सिन्धुली । बागमती प्रदेशको सिन्धुली, जिल्ला दुधौली नगरपालिका वडा नं. १० कोगटी स्थित रातोमाटे सामुदायिक बनमा बैशाख १ गते राती अचानक आगोलागी भएको थियो । आगोलागीको कारणले आसपासमा रहेका गाउँ वस्तीहरु,खानेपानीका ट्यांकी तथा पाइपहरुमा क्षति पुग्न सक्ने देखिएकाले सो आगो निभाउन बागमती प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी सन्दिप भण्डारीको कमाण्डमा प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरु २५\२५ जनाको समुह बनाई दूरी कायम गरी २०० जनाको संख्यामा खटाएका थिए । सम्भावित दुर्घटना तथा क्षति हुनवाट बचाइ तत्काल आगो नियन्त्रणमा लिइको थियो ।


ADVERTISEMENT


साथै आउदा दिनहरुमा हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गरी भण्डारीकै कमाण्डमा प्रहरी कर्मचारीहरु २५\२५ जनाको समूह बनाई दूरी कायम गरी ५०० जना खटाएका थिए । सुकेका पात लगायत झाडी सर-सफाई कार्यक्रम समेत सम्पन्न भएको थियो।


ADVERTISEMENT

# # #