गोरखा- र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ ।


ADVERTISEMENT


आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय यी युवा फागुन २३ गते बहराइनबाट फर्किएका थिए। उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ। विदेशबाट फर्किएको ४० दिनपछि उनमा संक्रमण देखिएको हो।


ADVERTISEMENT

# # #


उनीसँगै अर्का एक विदेशबाट आएका व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ।