काठमाडौं – शिक्षा तथा स्वास्थ्य समिती सभापति जयपुरी घर्तिले आज भिडियो कन्फरेन्स मार्फत समितिका सदस्यसँग छलफल गर्नुभएको छ । सो क्रममा बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट नेपालमा पनि बढदै गई रहेको अवस्थामा हुन सक्ने थप सम्भावित खतरा, उपचार ,रोकथाम र नियन्त्रण गर्नको लागि व्यापक छलफल गरिएको थियो । समितिले सरकारलाई यस बारेमा सचेत हुन ध्यानाकर्षण समेत गराइएको धर्तीले बताउनुभयो ।


ADVERTISEMENT


समितिले कोरोना भाईरसको स्वास्थ्य सामाग्री भ्यान्टिलेटर , पिपिइ,माक्स ,कीट लगायत अन्य सामानहरु यथाशक्य छिटो खरिद गरि छिटो भन्दा छिटो वितरण गर्न, कोरोना भाईरसको ल्याब टेस्ट तीब्रता पुर्वक अगाडि बढन, क्वारेन्टाइन र आइसोलेसनमा बस्नेहरुको खाने, बस्ने र उपचारको उचित व्यवस्था गर्न, लक डाउनमा परि समस्यामा परेका गरिव विपन्नहरुलाई उचित खानपान र बस्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी कोरोना भाईरस बाहेकका अन्य बिरामिहरुलाई उपचारको सहज वातावरण बनाउन, कोरोना भाईरसको त्रासमा परेकाहरुलाई मनोपरामशको व्यवस्था गर्न, राहत बितरणमा अनियमिततालाई ध्यान दिन, कोरोना भाईरससंग सम्बन्धित सामाग्रीहरुको गुणस्तरीयतामा ध्यान दिन, चिकित्सक ,स्वास्थ्य कर्मी ,सुरक्षाकर्मी,एम्बुलेन्स चालक लगाएत प्रत्यक्ष उपचार खटिने व्यक्तिलाई सुरक्षा सामाग्रीको व्यवस्था गर्न समेत सरकारलाई सुझाव दिएको छ ।