काठमाडौं । मदिरामा अन्नको प्रयोग बढ्न थालेपछि खाद्यान्न संकट निम्तिन सक्ने खतरा बढेको विश्लेषण गरिएको छ ।
लक डाउनका समयमा बढ्दो मदिराको मागलाई फाईदा उठाउँदै घरेलु मदिराको बिक्री एक्कासी बढाईएको छ । घरेलु मदिरामा प्रयोग हुने खाद्यान्नको खपत बढि हुँदा यस्को दीर्घकालीन असर आईपर्ने भन्दै चिन्ता ब्यक्त गरिएको हो ।
बिश्लेषकहरूले लक डाउनका कारण दैनिक जीवन समेत ठप्प भईरहँदा मानिसहरूमा खाद्य अभाव नहोस भनेर सचेत हुनुपर्ने बताएका छन् । यस्तो समय दैनिक उपभोग हुने खाद्यान्न जस्तो अत्याबश्यक बस्तुको दुरूपयोग हुँदा यस्ले केही समय पछि खाद्यान्न संकटको स्थिति निम्त्याउने बताईएको छ ।
कोरोना भाईरस र यस्बाट जोगिन गरिएको लक डाउनको मार कहिले सम्म भोग्नुपर्ने हो भन्ने यकिन छैन । समयमा नै खेती गर्न नसकिने अबस्थाका कारण आगामी बर्ष यसै पनि खाद्यान्न अभाव हुने आशंका गरिएको छ । हाल भण्डारणमा रहेका खाद्यान्न संचिति समेत घटेर समस्या आउन सक्ने बताईएको छ । यस्तो बेला भएको खाद्यान्नलाई नै मदिरा बनाउन दुरूपयोग गरिँदा खाद्य जटिलता आउने भन्दै यस्लाई तत्काल रोक्नुपर्ने बताईएको हो ।
खाद्यान्न प्रयोग गर्दै बनाईएका मदिराहरूको गुणस्तरमा समेत प्रश्नहरू उठिरहँदा राज्यले यस्ता कृयाकलापहरूमा निगरानी बढाउनुपर्नेमा जोड दिईएको छ ।


ADVERTISEMENT