काठमाण्डौ – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  मन्त्रिपरिषद् बैठकमा नियमित प्रस्तावमाथि निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


ADVERTISEMENT


आजको मन्त्रिपरिषद् बैठकले संसद्को बर्खे अधिवेशन आह्वान गर्ने सम्भावना रहेको स्रोतले जानकारी दियो । जेठ १५ गते बजेट ल्याउने पर्ने संवैधानिक प्रावधानका कारण वैशाख मसान्तभित्रै अधिवेशन आह्वान गर्नुपर्छ ।


ADVERTISEMENT

# # #


त्यस्तै आजको बैठकले लकडाउनको मोडालिटी बनाउन गृहकार्य गर्ने बुझिएको छ । सरकारले वैशाख २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ । हवाइ उडान र उत्तर र दक्षिणतर्फका सीमा नाका बन्द राखेर मुलुकभित्र खुकुलो बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ । सरकारले वैशाख ३१ गतेसम्म सीमा सिल गर्ने निर्णय गरेको छ । जेठ २ गतेसम्म हवाइ उडान बन्द राख्ने निर्णय पनि यसअघि नै गरिसकेको छ ।