एजेन्सी –  अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति दुवैको नजिक रहेका व्यक्तिहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो पटक अमेरिकी उपराष्ट्रपति माइक पेन्स कि प्रेस सेक्रेटरी केटी मिलर कोरोना भाइरसबाट संक्रमित भएकी हुन् ।


ADVERTISEMENT


केटी मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन् । दुई दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीलाई पनि कोरोना भाइरस रहेको पुष्टि भएको थियो । केटीसँग राष्ट्रपति र उपराष्ट्रपति हालका दिनमा सम्पर्कमा नआएको दाबी गरिएको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उपराष्ट्रपति पेन्स र राष्ट्रपति ट्रम्पमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउनका लागि दैनिक परीक्षण गर्न थालेको छ । राष्ट्रपतिलाई सुरक्षित राख्नका लागि हरेक उपायहरु अपनाइएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसमै महामारी फैलिएको हुन सक्ने आशंका गरिएको छ । कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म ७७ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । त्यस्तै संक्रमितको संख्या पनि अमेरिकामा १२ लाख ८३ हजार भन्दा बढी पुगेको छ ।