काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो ।


ADVERTISEMENT


संक्रमितहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । बाँकेमा १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो भने बाँकेमा योसँगै संक्रमितको संख्या ३३ पुगेको छ ।

हालसम्म पर्सामा ८५, कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, रौतहट, बारा र धनुषामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।