काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आज बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको महामारीका सम्बन्धमा छलफल हुने बताइएको छ ।


ADVERTISEMENT


कांग्रेसले बैठकमा सरकारका काम कारबाहीका बारेमा पनि समिक्षा गर्ने नेताहरुले बताएका छन् । कांग्रेसले पछिल्लो समय सरकारको काम प्रति कडा आलोचना गर्दे आएको छ । विशेष गरी कोरोना भाइरस रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसको आरोप छ ।


ADVERTISEMENT

# # #