नवलपरासी- पुर्वी नवलपरासीमा आज एकै दिन १८ जना कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार जिल्लाको मध्यबिन्दु नगरपालिका र गैडाकोट नगरपालिकामा १८ जना संक्रमित भेटिएका हुन । मध्यबिन्दु नगरपालिकामा १७ जना र गैडाकोट नगरपालिकामा १ जना कोरोना संक्रमित भेटिएका हुन ।

पोखरा र भरतपुरका अस्पतालवाट प्राप्त रिर्पोटमा त्यति संख्यामा कोरोना संक्रमति पुष्टि भएका हुन । उनिहरुलाई रजहर स्थित प्राकृतिक चिकित्सालयमा अहिले केहिबेरमा लैजाने तैयारी भैरहेको छ ।


ADVERTISEMENT


चिकित्सालयमा यी समेत ७५ कोरोना संक्रमित बिरामीलाई राखिएको छ । त्यहा एक सय सैयाको आइसोलेशन बेड बनाइएको छ । प्राकृतिक चिकित्सालयका निदेशक डा बिनोद पौडेललका अनुसार एक सय सैयाको ब्यबस्थापनले अपुग हुने अबस्था देखिएकाले तत्काल एक सय सैया थप्ने तैयारी भएको छ । चिकित्सालयमा ४ सय सैयाको ब्यबस्था छ ।


ADVERTISEMENT

# # #


कोरोना संक्रमितलाई राखिएको छुटटै भवनले अपुग हुने भएकाले थप अर्को भवनमा पनि कोरोना संक्रमितलाई राख्ने गरि ब्यबस्थापन गर्न लागिएको हो । चिकित्सालयमा औषधि बिनै योग, ध्यान, खानपिन उपचार बिधिवाट बिरामीको हेरचाह गरिन्छ । त्यहा प्रयोगशाला छैन ।