काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)बाट एकसय ४८ जना नेपाली कामदार बोकेर नेपाल एयरलाइन्सको उडान शुक्रबार बिहान उडेको छ । जसमा एक सय एक जना महिला  र ४७ जना पुरुष छन् । जसमा ९४ जना महिला गर्भवती छन् ।

नेपाल एयरलाइन्सको उडान नम्बर आरए २२९२ ले स्थानीय समय ५ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलको लागि उडेको हो । यूएईबाट अलपत्र नेपालीलाई फिर्ता पठाएको यो दोश्रो पटक हो । यसअघि एयर अरेबियाले १६८ जना यात्रु ल्याएको थियो ।


ADVERTISEMENT


यो उडानमा नेपाली दूतावासले प्राथमिकताको सूचीमा राखेको नेपाली कामदार रहेका छन् । उनीहरु आफैले टिकटको प्रबन्ध मिलाएको हो । रोजगार करार अवधि समाप्त भएका कामदारलाई भने रोजगारदाता आफैले टिकटको व्यवस्था गरिएको छ ।


ADVERTISEMENT

# # #