धनगढी — धनगढीका विभिन्न तीन ठाउँमा मंगलबार बिहान भेटिएका प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।


ADVERTISEMENT


धनगढीस्थित सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयको गेट बाहिर, आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार विकास मन्त्रालय अगाडि र प्रदेशसभा नजिक पार्कमोडमा प्रेसर कुकर बम फेला परेको थियो । कैलालीकै लम्कीचुहा नगरपालिको कार्यालय अगाडि पनि सोही प्रकारको बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक बिष्टले बताए।


ADVERTISEMENT

# # #