काठमाडौं- लकडाउन खुलेसँगै मुलुकभर छोटोदुरीका सार्वजनिक सवारी साधन आजबाट सञ्चालनमा आएका छन् । थन्काएर राखिएका सबै सवारी साधन विहानै देखि सडकमा निकालिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो।


ADVERTISEMENT


सार्वजनिक सवारी चढ्ने सबैले अनिवार्य मास्क लगाउनुपर्नेछ । यातायात मजदुरले आफ्नो सुरक्षा साधनको प्रयोग गर्दै काममा खटिने सिटौलाले बताउनुभयो । सरकारले तोके बमोजिक क्षमताको ५० प्रतिशत यात्रु चढाउने तथा ५० प्रतिशत बढी भाडा लिने महासंघले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #