काठमाडौं – इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच इजरायल र यूएईबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता भएको छ । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत् दिएका छन् ।


ADVERTISEMENT


अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहमद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सफलताबाट मध्यपूर्वमा शान्ति बढ्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


हालसम्म इजरायलको खाडीका अरब देशहरुसँग कुनै पनि कूटनीतिक सम्बन्ध थिए । यद्यपि खाडी देशबाट अलग अरबका दुई देश जोर्डन र मिस्रसँग भने इजरालयको कूटनीतिक सम्बन्ध छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र युएईबीच शान्ति सम्झौता भएको जानकारी ट्वीट गरेका छन् र त्यसमा इजरायलका प्रधानमन्त्री नेतन्याहुले हिब्रु भाषामा ट्वीट गरेर ‘ऐतिहासिक दिन’ भनेका छन् ।