नयाँदिल्ली — द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाको समीक्षा गर्न नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको आठौं बैठक सोमबार हुँदै छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकर बैरागी र भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गर्दै छन् । भर्चुअल बैठक विशेषगरी भारतको सहयोगमा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगतिमा केन्द्रित हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।


ADVERTISEMENT