काठमाडौँ – वर्षौदेखि घाटामा रहेको सञ्चित नाफासहित नेपाल विद्युत प्रधिकरणको खुद नाफा बढेको छ । प्राधिकरणकाअनुसार गत आर्थिक वर्षमा प्राधिकरणको नाफा १३ प्रतिशतले वृद्धि भएको छ ।


ADVERTISEMENT


प्राधिकरणले आर्थिक वर्ष २०७६÷७७ मा रु. ११ अर्ब ५ करोड नाफा कमाएकोमा अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा प्राधिकरणको नाफा ९ अर्ब ८४ करोड थियो ।


ADVERTISEMENT

# # #


प्राधिरकण थुप्रै वर्षदेखि सञ्चित घाटामा रहेकोमा यस वर्ष भने त्यसमा सुधार आएर प्राधिरणले रु. ४ अर्ब ८६ करोड सञ्चित नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा प्राधिकरणको सञ्चित घाटा रु. १२ अर्ब ३७ करोड रहेको थियो ।
४ महीना लामो बन्दाबन्दीका कारण विद्युत् खपत घटेको र बक्यौता रकम उठ्न पनि बाँकी रहेकोमा नाफा योभन्दा बढी हुने अपेक्षा प्राधिकरणको थियो । ‘बन्दाबन्दीका कारण विद्युत् खपत घटेको र बक्यौता रकम उठ्न बाँकी रहेकाले यसको केही प्रभाव परेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।