काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० मात्रै भएको बताएको छ । मन्त्रालयले तयार पारेको डाटाअनुसार मृत्यु हुने अन्य व्यक्तिहरुमा कोरोनाबाहेक निमोनिया, मधुमेह, उच्च रक्तचाप, मिर्गौला रोग, मुटु रोग, क्यान्सर, दमको रोग लगायतका संक्रमणसमेत रहेकाले कोरोनाबाट मात्रै मृत्यु हुनेको संख्या १० रहेको मन्त्रालयले बताएको हो ।


ADVERTISEMENT


मन्त्रालयको हालसम्म नियमित बिफ्रिङअनुसार नेपालमा कोरोना संक्रमणका कारण २३९ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि, मन्त्रायलले तयार पारेको डाटामा १० जना बाहेक अन्यको मृत्यु अन्य कारणले भएको उल्लेख गरिएको छ । मन्त्रालयकाअनुसार प्रदेश १ मा २ जना, प्रदेश २ मा ७ जना र सुदूरपश्चिममा १ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।


ADVERTISEMENT

# # #


हालसम्म नेपालमा ४० हजार ५२९ जनामा कोरोना पुष्टि भएकोमा २२ हजार १७८ जना निको भएर घर फर्किसकेका छन् ।