काठमाण्डौं । विकास बैंकहरुमा अग्रणी गरिमा विकास बैंकको देशैभर १ सय शाखा शाखा कार्यालय पुगेको छ । आइतबार मात्रै काठमाण्डौ उपत्यकाभित्र एकैदिन थप ३ वटा शाखा सञ्चालनमा आएसंगै गरिमाले देशैभर १ सय शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई सेवा दिईरहेको हो ।


ADVERTISEMENT


काठमाण्डौका सतुंगल, कुलेश्वर र मैतिदेवीमा गरिमाका नयाँ शाखाहरुबाट ग्राहकहरुले सेवा पाउन सुरु गरिसकेका छन् । तीन दिन अघिबाट एकैदिन ६ वटा नयाँ शाखा सञ्चालनमा आएका छन् ।


ADVERTISEMENT

# # #


बैंकले काठमाण्डौं उपत्यकाभित्र १६ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा गरी १ सय शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजार भन्दा बढि एजेण्टहरु मार्फत ग्राहकहरुलाई आधुनिक बित्तीय सेवा प्रदान गरिरहेको छ ।