काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेदवारहरुको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेदवार नै रद्द गरिदिने चेतावनी दिएका हुन् । ‘चुनावमा उम्मेदवारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेला पारेका छैनौं,’ उनले भने, ‘यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेदवारहरुको उम्मेदवार नै खारेजसम्म गरिदिन्छौं ।’


ADVERTISEMENT

# # #


निर्वाचन आचारसंहिता जारी अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल विस्तारमा आयोगको ध्यानाकर्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने भनाइ राखे। ‘के गर्नु प्रधानमन्त्रीलाई कारबाही गर्नु भएन, यसबारेमा हाम्रो ध्यानाकार्षण भएको छ, बस त्यती हो,’ उनले भने ।