काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ ।


ADVERTISEMENT


यस अघि कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको आज भएको बैठकमा सहभागीहरुले बोल्ने क्रम जारी रहेकाले सो बैठक भोलि पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा १२ः ३० बस्ने पार्टी कार्यालयले जनाएको छ ।