काठमाडौँ – कोरोना संक्रमित वागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ । उनमा खोकी बढेपछि उपचारका लागि काठमाडौँ पठाइएको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


हेटौँडाका डाक्टरले थप उपचारका लागि काठमाडौँ लान सिफारिस गरेपछि काठमाडौँ लगिएको मन्त्रीका स्वकिय सचिव सुरज थपलियाले बताए ।


ADVERTISEMENT

# # #


गत मंसिर ५ गते गरिएको स्वाब संकलनमा मन्त्री लामालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।