काठमाडौं । नेपालको दुई दिने भ्रमण पुरा गरी भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला आज नयाँ दिल्ली फर्किएका छन्।


ADVERTISEMENT


भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेटवार्ता गरे।


ADVERTISEMENT

# # #


खासगरी नेपाल–भारतबीच देखिएको सीमा विवादमा संवादहीनताको अवस्था अन्त्य गर्न उनको भ्रमणलाई महत्वपूर्ण रुपमा लिइएको छ।

भेटवार्ताका क्रममा उनले नेपाल र भारतबीचका सबै समस्या मिलेरै समाधान हुने बताएका छन्।

दक्षिण एसियाको महाशक्तिका रुपमा उदाइरहेको भारतलाई नेपाल लगायत छिमेकीहरुले सम्बन्ध राम्रो बनाएर जानुपर्ने बिज्ञहरु बताउँछन् । त्यसका लागि यो भ्रमण सफल बन्ने उनीहरुको बिश्वास छ ।
सँग चिसिएको सम्बन्धले फाइदा

उनले भने ‘भारतको चाहाना पनि छिमेकी राष्ट्रहरुसँग चिसिएको सम्बन्धले फाइदा गर्दैन भन्ने हो। आन्तरिक राजनीतिक र अन्तर्राष्ट्रियस्तरम भारतको ‘क्रिटिसिजम’ नै हुन्छ। त्यसैले पनि भारतले नेपाल, माल्दिभ्स, भुटान र बंगलादेश लगायतका देशहरुसँग सम्बन्ध विकास गरिरहेको छ।’

परराष्ट्रविद् शाहले परराष्ट्रमन्त्रीस्तरमा हुने वार्तामा नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत ७१ ठाउँमा देखिएको सीमा विवादको विषयलाई मुख्य मुद्दा बनाउनुपर्ने बताए।