काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।


ADVERTISEMENT


उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएसँगै महासंघको विधानअनुसार भावी अध्यक्ष बन्ने पक्का भएका छन् । शेखर गोल्छापछि २० औँ अध्यक्षको रुपमा ढकालले महासंघको नेतृत्व सम्हाल्नेछन् ।


ADVERTISEMENT

# # #


ढकालले वस्तुगततर्फ १२.०४, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशतसहित कूल ५४.२६ प्रतिशत मत ल्याए । यस्तै शनिवार राति सम्पन्न महासंघको निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।