काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । अध्यादेश फिर्ता गर्नु अघि प्रधानमन्त्री ओलीले साँझ ५ः३० बजे परिषद्को बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। त्यसलगत्तै आकष्मिक मन्त्रीपरिषद्को बैठक बोलाउँदै प्रधानमन्त्री ओलीले सभामुख र प्रमुख प्रतिपक्षी दलको नेताबिनै बैठक बस्न मिल्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति मार्फत जारी गराएका थिए ।


ADVERTISEMENT

# # #


त्यसको व्यापक विरोध पछि बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठकमा ओली अध्यादेश फिर्ता लिन सहमत भएका थिए । तर, अध्यादेश फिर्ता गर्नु अघि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

बैठकमा देउवा नजाने

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा नजाने भएका छन् । मंगलबार बिहान बोलाइएको बैठकमा सहभागी भएका देउवा अध्यादेश जारी गरेपछिको बैठकमा पनि गएका थिएनन् ।

आजको बैठकमा पनि नजाने निर्णय गरेका हुन् । नेपाली कँंग्रेसले तुरुत्त अध्यादेश फिर्ता गर्नु पर्ने माग गर्दै आएको छ ।