काठमाडौँ – नेपाली काँग्रेसका नेता गगन थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले पाएको जनमतको वैधता सकिएको बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविरुद्ध संसद् विगठन गर्ने प्रस्ताव गरेसँगै जनमतको वैधता सकिएको थापाले बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ । प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।