तस्बिर : फाईल फोटो


ADVERTISEMENT


काठमाडौं । प्रेमकुमार राई प्रमुख प्रमुख हुने गरी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा जयबहादुर चन्दको नाम समेत सिफारिस भएको छ।


ADVERTISEMENT

# # #


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट चन्दलाई मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले सिफारिस गरेको बालुवाटार श्रोतले जानकारी दिएको छ । चन्द पूर्वएआइजी हुन् । पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा देउवाले चन्दलाई प्रहरी महानिरीक्षक बनाउन जोड गरेका थिए।

तर, चन्दलाई सर्वोच्च अदालतले महानिरीक्षक नियुक्तिबाट रोक लगाएको थियो। चन्द सुदूरपश्चिमका हुन् ।

यस्तै, अख्तियारकै अर्का आयुक्तमा किशोरकुमार सिलवालको नाम सिफारिस भएको छ।