काठमाडौँ – संसद विघटन गर्ने राष्ट्रपतिको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल खेमाका केही मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् ।


ADVERTISEMENT


प्रचण्ड पक्षका ऊर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री विना मगर, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादवले सामूहिक राजीनामा दिने भएका हुन् । यस्तै नेपाल पक्षका कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भट्टराईले पनि राजीनामा दिनेछन् ।


ADVERTISEMENT

# # #


उनीहरुले सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरी राजीनामा दिँदैछन् ।

प्रचण्ड पक्षका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्टले भने राजीनामा नदिने भएका छन् । नेकपाभित्रको आन्तरिक विवादमा पछिल्लो समय गृहमन्त्री थापा ओलीको पक्षमा उभिँदै आएका छन् ।