काठमाडौँ – संसद विघटन गर्ने राष्ट्रपतिको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल खेमाका ७ जना मन्त्रीहरुले सामूहिक राजीना दिएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रधामन्त्री केपी ओलीलाई विघटनको निर्णयबारे नैतिक दबाब दिन सामूहिक राजीनामा दिएको बताए । राजीनामा दिनेमा प्रचण्ड पक्षका ऊर्जामन्त्री वर्षमान पुन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराज मणि पोखरेल, खानेपानीमन्त्री विना मगर, वनमन्त्री शक्ति बस्नेत र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै नेपाल पक्षका कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भट्टराईले पनि राजीनामा दिएका छन् । प्रचण्ड निकट मानिने गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।