महेन्द्रनगर– विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारवाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अभियुक्तलाई चालु आर्थिक वर्षको माघ महिनासम्ममा पक्राउ गरेको हो ।


ADVERTISEMENT


यसरी पक्राउ पर्नेमा चोरी मुद्दा, वन पैदावार चोरी, बहुविवाह, लागुऔषध र जबर्जस्ती करणी उद्योगका दोषी बढी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जिल्लामा सक्रियरूपमा अदालतबाट दोषी ठहर भएका र अनुसन्धानका क्रममा भागेका फरारको खोजी भइरहेको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, प्रहरीले प्रायः अभियुक्तलाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी धमाधम जिल्ला अदालत पेश गरिरहेको छ । ‘अदालतबाट पनि कैद भुक्तान गर्न कारागार पठाउने काम भइरहेको छ; उनले भने । पक्राउका लागि जिल्लामा प्रहरी सादा पोशाकमा समेत परिचालित रहेका छन् ।

विभिन्न घटनाका अभियुक्तलाई पुर्पक्ष र कैद सजाय तोकिएका अभियुक्त बढ्न थालेपछि कञ्चनपुर कारागार भरिभराउ छ । कारागारका जेलर माया बस्नेत थापाले ३ सय ९६ कैदीबन्दी रहेको जनाइएको छ । ७० पुरुष २० महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल क्षमताभन्दा धेरै कैदिहरु रहेका रहेका छन् । रासस