इलाम – शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजन इन्जिनियर सुवास बस्नेतलाई घुस दिने उमानाथ खतिवडाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।


ADVERTISEMENT


अनुसन्धानका क्रममा खतिवडाले पटक पटक गरी ३७ लाख ५० हजार घुस स्वरुप बस्नेतको खातामा जम्मा गरेको खुलेको अख्तियारले जनाएको छ ।


ADVERTISEMENT

# # #


भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजाय मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीका रुपमा खतिवडालाई पेश गरिएको थियो । अनुसन्धानका क्रममा अख्तियारले उवकपत्र गर्दा अनुसन्धानको सिलसिलामा गरेको वयान कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकुल वकपत्र गरेको आरोप खतिवडामाथि छ ।

झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप काम गर्नको लागि राष्ट्रसेवक कर्मचारीलाई घुस दिएकाले अख्तियार अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम सोमवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।