काठमाडौँ– विश्व पारातेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जना धामीले काश्य पदक जितेकी छन् ।


ADVERTISEMENT


बेलायतको लण्डनस्थित ओलम्पिक र्पाकमा बिहीबार राति सम्पन्न खेलमा महिला ४४ देखि ४९ केजीमूनि तौल समूहमा नेपाली चेली रञ्जनाले पेरुकी खेलाडीलाई २२-२० अंकमा हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् ।


ADVERTISEMENT

# # #


सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएपनि उनले नेपालका लागि काश्य पदक दिलाएको लण्डनमै रहेका उनका प्रशिक्षक कल्याण कुँवरले बताए ।

रञ्जनालाई सेमिफाइनलमा पराजित गरेकी खेलाडीले फाइनलमा सर्वियाली खेलाडीलाई हराएर स्वर्ण जितेकी छन् ।

प्रतियोगितामा २ पुरुष र २ महिला गरी चार खेलाडी सहभागी थिए । जस अन्तर्गत के. ४२ बिधामा पुरुष खेलाडीहरु रामबहादुर अधिकारीले ६१ केजीमूनि र रोहित हाङ राई ७५ केजीमूपनि तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले पहिलो चरण पार गरेनन् ।

त्यस्तै के. ४४ अन्तर्गत महिलातर्फ पलेसा गोवर्द्धनले ५८ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी क्वार्टरफाइनलमा रुसकी खेलाडीसँग पराजित हुँदै बाहिरिन् ।

अपेक्षा गरेअनुसारको नतिजा नआए पनि नेपाली खेलाडीको प्रदर्शन उच्च कोटीको रहेको र भविश्यका लागि अनुभव बटुल्ने अवसर भएको प्रशिक्षक कुँवरले बताए ।