कैलाली– सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले पुरा क्षमताअनुसार अक्सिजन ग्यास उत्पादन गर्न ग्यास उद्योगका सञ्चालकलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


उनको नेतृत्वको टोलीले धनगढीको पुरानो भन्सार रोडस्थित मालिका अक्सिजन ग्यास उद्योगको आज अनुगमनकै क्रममा उनले क्षमताअनुसार पुर्ण रुपमा अक्सिजन ग्यास उत्पादन गर्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले ग्यास सञ्चालनमा केही कठिनाइ, पेश्की रकम, जनशक्तिको अभाव, विद्युतीय समस्या लगायतका समस्या आइपरेमा मन्त्रालयमा आउन आग्रह समेत गरेका छन् । यस्तै, सुवेदीले सरकारी र कोभिड अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन गर्दै सरकारी र कोभिड विद्युत् महसुलमा प्रदेश सरकारबाट अनुदानको पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

अनुगमनमा सामाजिक विकासमन्त्री सुवेदी, प्रदेशको सामाजिक विकास समितिका सभापति कुन्ति जोशी र सचिव रघुराम विष्ट लगायतको सहभागिता रहेको थियो । रासस