काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई हतारमा निर्णयन नगर्न अनुरोध गरेका छन् । उनले आधिकारिक फेसबुक ह्याण्डलमार्फत एमालेका सांसद्हरुलाई सम्बोधन गर्दै नेपाल पक्षलाई हतारमा अनुचित र अप्रिय निर्णय नलिन भनेका हुन् ।


ADVERTISEMENT


उनले केही मतभेद वा असन्तुष्टि भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् । उनले भनेका छन्, ‘आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’


ADVERTISEMENT

# # #


No description available.