काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेलाई फट्नबाट जोगाउन तथा एकताबद्ध पार्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।


ADVERTISEMENT


बुधबार उपचारका लागि चारतको नयाँ दिल्ली प्रस्थान गर्नुअघि प्रेस वक्तव्य निकाल्दै नेता खनालले अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा गम्भीर संकट उत्पन्न भएको बताए । उनले पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गरेमा मात्रै नेताहरु सफल हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


‘जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ ।’ उनले भनेका छन्, ‘एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसजले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका वैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु ।’

एमाले सयौँ सहिदको बलिदान, सयौँको रगत र पसिनाले आजको सफलतामा आइपुगेको बताउँदै उनले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढ्ने नेता खनालले आह्वान गरेका छन् ।

केही समय पहिले कोरोना संक्रमण जितेका नेता खनाल फेरि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएका थिए । तर, चिकित्सक उपचारका लागि बाहिर लैजान सल्लाह दिएपछि उनलाई आजै भारतको नयाँ दिल्ली लिइँदैछ ।

नेता खनालले आफू चाँडै निको भएर स्वदेश फर्किने बताएका छन् । उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु ।’ उनले भनेका छन्, ‘मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु ।’