काठमाडौँ – निषेधाज्ञा खुकुलो भएपछि एक सातामा २ सय किलो सुन आयात भएको छ ।


ADVERTISEMENT


सुनचाँदी व्यवसायी महासंघकाअनुसार असार ८ गतेदेखि १३ गतेसम्मको अवधिमा २ सय किलो सुन आयात भएको हो ।


ADVERTISEMENT

# # #


महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यका अनुसार निषेधाज्ञा खुकुलो भएयता वाणिज्य बैंकहरुले सुन आयात गरेको जानकारी दिए ।

नेपाल बैंकर्स संघले २ सय किलो सुन आयात गरेकोमा १ सय किलो सुन उपत्यकामा र १ सय किलो सुन उपत्यकाबाहिरका लागि आयात गरेर महासंघलाई उपलब्ध गराएको हो ।

कोरोना बढ्दै गएपछि निषेधाज्ञा शुरु हुनुपूर्व नै गत बैसाख १२ गतेदेखि सुन आयात ठप्प भएको थियो ।