काठमाडौं – नेपालमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतैल विभागबाट एन.एस.–५७२ द्धारा प्रमाणित शिवम् सिमेन्टले एन.एस.–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ ।


ADVERTISEMENT


शिवम् यस अघि ४३ ग्रेड ओ.पी.सी.सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो । ५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमती संगै शिवम् सर्वोउत्कृष्ट ओ.पी.सी. सिमेन्ट उत्पादन साथै विक्रि वितरण गर्ने तथा एन.एस. क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ ।


ADVERTISEMENT

# # #


ओ.पी.सी. सिमेन्ट मात्रै उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले निरन्तर गुणस्तरीय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक एन.एस. क्वालिटी अर्वाड–२०१९ बाट सम्मानित भएको थियो । शिवमले गुणस्तरीय उत्पादनकै प्रतिफल स्वरुप फेरी एन.एस.–५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमती संगै आफ्नो निरन्तरको गुणस्तरीय उत्पादनलाई प्रमाणित गरेको छ ।

यो भन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एन.एस–४९ प्रामाणिकरण गर्दै आईरहेको थियो जस अन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए । नेपालमा एन.एस.४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एन.एस.–५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एन.एस.–५७२ प्रमाणिकरण गर्नु अनिवार्य रहेको छ । जसका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित क्लिङ्कर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एन.एस.–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परीक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्ने प्रक्रिया रहेको छ ।

ओ.पी.सी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरिय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि गरेको छ । “भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “क्वालिटीको मामलामा नो कम्पर्माइज” जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।