काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।


ADVERTISEMENT


आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो धारणा व्यक्त गरेको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


मंगलबार पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए । रासस