काठमाडौँ – सार्वजनिक गरिएको कार्यसम्पादन मूल्यांकनमा एआईजी हरि बहादुर पाल सर्वोत्कृष्ट देखिएका छन् । कार्यसम्पादन मूल्यांकनमा एआईजी पालले आफूलाई अब्बल ठहराउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वताका दोस्रो नम्बरमा रहेका उनी सर्वोत्कृष्ट हुन पुगेका हुन् ।


ADVERTISEMENT


ओलीको नेतृत्वमा पहिलो नम्बर सैलेश थापा रहेकोमा उनी एआईजी बनेका थिए ।


ADVERTISEMENT

# # #


गृहसचिव महेश्व न्यौपानले बुधवार गत वर्ष कार्यकाल सम्हालेका प्रहरी अधिकारीको नेतृत्वको अध्ययन गरी सार्वजनिक गरेको एक सर्वोक्षणअनुसार पालको नेतृत्वमा रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कार्यसम्पादनमा ९० दशमलव ८९ प्रतिशत अंक ल्याएकोमा पाल आफूले ९० दशमलव ५ प्रतिशत अंक ल्याएका छन् ।

विभिन्न अनुसन्धान तथा एक्सनमा उत्कृष्टता देखाउँदै आएका पालले नेतृत्व सम्हालेको १ वर्षमा आफ्नो नेतृत्वमा रहेका सबैलाई रिझाएर उत्कृष्ट एक्सनका साथ काम गर्ने भएकाले प्रहरी वृत्तभित्रै चर्चा हुने गरेको छ ।

२०४९ मा प्रहरीमा प्रवेश गरेका पालको सेवा अवधि ९ महीना बाँकी छ । २०७६ फागुन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पालको प्रहरी नेतृत्वमा पुग्ने चर्चा हुन गरेको छ ।

नेतृत्व पाए जस्तोसुकै चुनौती पनि त्यसलाई सफलताका साथ निर्वाह गर्न सक्ने क्षमता रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।