काठमाडौँ– जापान सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको खोप नेपाल आइपुगेको छ ।


ADVERTISEMENT


जापानले विभिन्न चरणमा अनुदान स्वरुप नेपाललाई उपलब्ध गराएको १६ लाख १४ हजार ७ सय ४० मध्येको ५ लाख एस्ट्राजेनेका खोप आज नेपाल आइपुगेको हो ।


ADVERTISEMENT

# # #


प्राप्त खोपको सन्दर्भमा परराष्ट्र मन्त्रालयले सोमबार यससंगै जापानले  नेपाललाई उपलब्ध गराउने भनिएको कोभ्याक्स अन्र्तगतको सबै खोप प्राप्त भएको जनाउँदै  यसका लागि जापान सरकार त्यहाँका नागरिकप्रति आभार व्यक्त गरेको छ ।

यस्तै, उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेकालाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

https://twitter.com/MofaNepal/status/1429678584201834506?s=20