काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमवार प्रदेशसभा बैठकमा केसीले प्रदेशसभाबाट विश्वासको मत लिएकोमा विपक्षीको उपस्थितिमा प्रदेशसभाका कुल ८० मध्ये केसीको पक्षमा ४२ मत परेको हो भने विपक्षमा शून्य मत पर्‍यो ।


ADVERTISEMENT


माओवादी केन्द्र संसदीय दलका नेता केसी गत साउन २७ गते जनता समाजवादी पार्टी (जसपा) र राष्टिर्य जनमोर्चा पार्टीको समर्थनमा प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।


ADVERTISEMENT

# # #


विपक्षी दल नेकपा एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । केसीको समर्थन गरेका सांसद् अजय शाही र विमलाकुमारी खत्री वली आफ्नो दलको सांसद् भएको दाबीसहित पार्टीको ह्वीप नमानेकाले एमालले उनीहरुलाई पार्टीबाट निष्काशन गरेको थियो । प्रदेशसभामा उनीहरुलाई पदमुक्त गर्न जानकारी दिएकोमा सभामुख पूर्णबहादुर घर्तीले शाही र वली एमालेको सांसद् भएको पुष्टि नभएकाले कारवाही गर्न अस्वीकार गरेका थिए ।

जसकारण एमालेले उनीहरुलाई कारवाही नगरेसम्म बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।