काठमाण्डौं- कमलादीस्थित एक डान्सबारमा बुधबार साँझ गोली प्रहार गरेपछि समातिएका दुई भारतीय नागरिकबाट बरामद हतियारका कारण प्रहरी आश्चर्यमा परेको छ । पन्जाब लुदियानाका जसभिर सिंह र हरवेन्द्र सिंह भारतबाटै गाडी भाडामा लिएर सुनौली नाका हुँदै मंगलबार साँझमात्रै काठमाडौं आइपुगेका थिए । डान्सबारभित्र बिल तिर्ने विषयमा विवाद हुँदा ती दुईमध्ये एकले तर्साउन भनेर हवाई फायर गरेका थिए । उनीहरूबाट प्रहरीले एउटा पेस्तोल, ५१ राउन्ड गोली र चारवटा म्याग्जिन फेला पारेको छ ।


ADVERTISEMENT


घटनाको अनुसन्धान प्रारम्भिक चरणमा छ । प्रारम्भिक बयानमा दुवै जनाले भारतबाटै पेस्तोल लिएर आएको बताएका छन् । प्रहरीका अनुसार बरामद हतियार लाइसेन्सप्राप्त हो । बरामद गोलीको पनि लाइसेन्स रहेको जनाइएको छ । उनीहरूको साथबाट भारतीय प्रहरीको परिचयपत्र पनि बरामद भएको छ, जुन उनीहरुसँग सम्बन्धित छैन । हरवेन्द्रले आफू भारतस्थित विद्युत् प्राधिकरणको कर्मचारी भएको बताएका छन् । जसभिरले भने कृषि फर्म सञ्चालक भएको दाबी गरेका छन् ।
उनले पन्जाबमा आफ्नो ठूलो फार्म हाउस भएको र गत वर्ष आफूलाई गोली प्रहार भएपछि लाइसेन्स लिएर हतियार बोक्न थालेको बताएका छन् । दुवैले पहिलोपटक नेपाल आएको बयान दिएका छन् । प्रहरीसँगको बयानमा जसभिरले भनेका छन्, ‘साथीको गाडी लिएर हामी घुम्न नेपाल आएका हौं । जीपीएसको सहारामा दिशा हेर्दै काठमाडौं आइपुगेका हौं । साथीको गाडीमा उसको साथीको प्रहरी परिचयपत्र पनि रहेछ ।


ADVERTISEMENT

# # #


गोली चलेको डान्सबारका सञ्चालकले भने जसभिरले आफूहरूलाई भारतीय प्रहरीका रूपमा चिनाएर तर्साएको बताएको छन् । ‘हतियार बोकेर हिँड्नु अवैध हो भन्ने जानेको छैन भन्नु बकवास हो । घटना र पक्राउ परेका भारतीयलाई संवेदनशील मान्नुपर्छु, एक उच्च प्रहरी अधिकृत भन्छन् । घटनाको विस्तृत अनुसन्धान गरिरहेको प्रहरीको विशेष ब्युरोले प्रारम्भिक रूपमा यी भारतीय नागरिक प्रोफेसनल सुटर वा किलर नभएको निष्कर्ष निकालेको छ । ‘प्रोफेसनल सुटर वा किलरले त्यसरी डान्स बारमा गएर गोली प्रहार गर्दैनन् तर अनुसन्धान यत्तिमै सीमित भने हुनुहुँदैनु, विशेष ब्युरो स्रोतले भन्यो । काठमाडौं प्रहरी परिसरले बिहीबार काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ । -आजको अन्नपूर्णबाटबाट