काठमाडौं– चर्चित रियालिटि तथा नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ बाट हिक्मत महरा बाहिरिएका छन् ।


ADVERTISEMENT


टप ४ सम्मका लागि छनोट भएका कञ्चनपुरका महराले कम भोट प्राप्त गरेको आधारमा सोबाट आउट भएका हुन् ।


ADVERTISEMENT

# # #


यससंगै उनको ‘कमेडी च्यापियन’ सिजन २ को यात्रा यहि टुङ्गिएको छ ।

यसैगरि, उनी आउट भएपछि अन्य टप ४ का प्रतीस्पर्धी ताप्लेजुङका भरतमणि पौडेल, भारत सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुग्न सफल भएका छन् । तीमध्ये पौडेल भने पुर्वयुवराज पारस शाहको क्यारेक्याचर गदैँ उत्कृष्ट ४ बाट बिना भोटिङ सिधै फाइनलमा प्रवेश गरेका हुन् ।

अब फाइनलका लागि भरतमणि सँगै विक्की अग्रवाल र सन्तोष थापा भिड्नेछन्।

यो हप्ता प्रसारण हुने एपिसोड छायाङ्कन भइसकेको कमेडी च्याम्पियनले यसबारे औपचारिक घोषणा भने गरेको छैन ।

गत साता शनिवार भएको सेमिफाइनलमा बिक्कीले दिएको ‘पेन्टोमाइम’ को प्रस्तुतिमा निर्णायक सन्तोष पन्तले दिएको प्रतिक्रियाका कारण एपिसोड विवादमा समेत परेको थियो ।