काठमाडौं– महानगरीय प्रहरी कार्यालय, रानीपोखरी (मेट्रो)का प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजीपी) हरि बहादुर पाल र मातहतका प्रहरी प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता भएको छ ।


ADVERTISEMENT


मेट्रो प्रमुख एआईजीपी पालले उपत्यकाको शान्ति सुरक्षा थप मजबुत बनाउँदै प्रहरीको शक्तिलाई सशक्त रूपमा परिचालन गर्न प्रहरी कार्यालय महानगरीय प्रहरी परिसर,काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह र महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईबीच कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


ADVERTISEMENT

# # #


सो कार्यक्रममा एआईजी पालले उपत्यकाको शान्ति सुरक्षा कायम गर्ने विषयले गर्व महसुस हुने बताउँदै कार्यसम्पादन सम्झौताले महानगरीय प्रहरीलाई पद्धतिगत रूपमा नै अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

प्रहरी कर्मचारीले कार्यसम्पादनको क्रममा पवित्र, विवेकशील भई अगाडि बढ्नुपर्ने उल्लेख गर्दै सधैँजसो आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको प्रहरी सेवा रणनीतिक, योजनाबद्ध, निरन्तर र परिणाममुखी हुनुपर्नेमा एआईजीपी पालको जोड रहेको छ ।

एआईजीपी पालको कमाण्ड भएसँगै उपत्यकाको शान्ति सुरक्षामा उल्लेख्य सुधारहरू भएको र नागरिकले ढुक्क भएर आफ्नो काम गर्न सक्ने वातावरण बनेको चर्चा चल्ने गरेको छ ।