काठमाडौं– दार्चुलाको तुइन घटनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएको छ ।


ADVERTISEMENT


भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यो विषयमा मिडियाबाट केही सुनेको तर औपचारिक रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।


ADVERTISEMENT

# # #


‘त्यहाँको घटना मिडियामार्फत सुनेका छौं। तर हामीसंँग कुनै अफिसियल खबर छैन। नेपालमा इन्टरनल रुपमा केही भएको हो वा छानबिन भएको भन्ने पनि मलाई थाहा छैन,’ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाग्चीले भने, ‘ नेपाल सरकारबाट केही जानकारी आइनसकेकोले यसबारे म केही भन्न सक्दिनँ ।’

उनले यो विषयमा फरक फरक धारणाबाट कुरा आइरहेको बताए। ‘धेरै मानिसले उक्त घटनालाई एउटा र केही फरक दृष्टिकोणले बताइरहेकाले ठ्याक्कै सही कुरा के हो मलाई थाहा छैन’, उनले भने ।