काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटघाट एवं छलफल भएको छ।


ADVERTISEMENT


बिहीबार बिहान प्रधानमन्त्री देउवासँगको छलफलका लागि वरिष्ठ नेता पौडेल बालुवाटार पुगेका हुन्।


ADVERTISEMENT

# # #


दुई नेताबीच पार्टी महाधिवेशन, क्रियाशिल सदस्यता विवादबारे छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टी महाधिवेशन, डडेल्धुरामा क्रियाशील सदस्यता विवाद र २१ जिल्लामा प्रकाशित हुन नसकेको क्रियाशिल सदस्यताबारे कुराकानी भएको अधिकारीले बताए ।

कांग्रेसले भदौ १८ वडामा अधिवेशन सुरु गरेको भएपनि ५६ जिल्लामा मात्रै अधिवेशन भएका छन् भने २१ जिल्लाभित्रका वडाहरुमा अधिवेशन बाँकी नै छ।