काठमाडौं – एएफसी महिला एशियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले फिलिपिन्ससँग पराजित हुनु परेको छ।


ADVERTISEMENT


निर्धारित समयभित्र नेपालले फिलिपिन्सलाई एक गोल फर्काउन सकेन ।


ADVERTISEMENT

# # #


शनिबार उज्वेकिस्तानमा भएको खेलमा फिलिपिन्सले नेपाललाई २–१ गोलले पराजित गरेको हो। नेपालले खेलको १० औँ मिनेटमा विमला चौधरीको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।

फिलिपिन्सकी तहनाइ एन्निसले खेलको ८९ औँ मिनेट बराबरी गोल फर्काएकी थिइन्। खेलको इन्जुरी समयमा विल्सन केमिलीले गोल गर्दै फिलिपिन्सलाई जित दिलाएकी थिइन्।

नेपालले अब दोस्रो खेलमा मंगलबार हङकङको सामना गर्नेछ।